०१ असार २०८३, सोमबार

फोहोरको थुप्रोमा ८९ थान सुनका गहना भेटियो

कात्तिक ४, २०७९
फोहोरको थुप्रोमा ८९ थान सुनका गहना भेटियो

ताप्लेजुङमा फोहोरको थुप्रोभित्र लुकाएको अवस्थामा ८९ थान सुनका गहना प्रहरीले फेला पारेको छ । जङ्गलमा फालिएको फोहोर थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा शुक्रबार प्रहरीले फेला पारेको हो । 

गत असोज १७ गते ताप्लेजुङको फुङलिङस्थित कञ्चन मनी ट्रान्सफरमा भएको लुटपाटपछि हराइरहेको सुनका गरगहनामध्ये थप ८९ थान सुनका गहना फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । सुनका गहना फुङलिङ–४ स्थित एक झाडी जङ्गलमा फोहोर थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपी) कैलाश राईले बताए । 

 यसअघि चार लुटेरा प्रहरीले नियन्त्रणमा लिँदा लुटेराका साथबाट १४३ तोला सुनका गरहगना र नगद रु छ लाख १३ हजार तीन सय ४० प्रहरीले बरामद गरिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्