१४ असार २०८३, आइतबार

प्रधान सेनापति शर्मा र राष्ट्रसंघीय महासचिवका सैनिक सल्लाहकारबीच भेट

कात्तिक ६, २०७९
प्रधान सेनापति शर्मा र राष्ट्रसंघीय महासचिवका सैनिक सल्लाहकारबीच भेट

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघ मुख्यालयका सल्लाहकार जनरल ब्रियाम डिओपबीच भेट भएको छ । उनी संयुक्त राष्ट्रसंघ स्थापना दिवसको कार्यक्रममा सहभागी हुन नेपाल आएको अवसरमा जंगी अड्डामा भेटवार्ता भएको हो । 

भेटमा नेपाली सेनाले विश्व शान्ति स्थापनामा पुर्‍याएको योगदानका साथै भविष्यमा समेत नेपाली शान्ति सैनिकहरूको आवश्यकता तथा सहभागिताको बारेमा छलफल भएको थियो । छलफलका क्रममा उनले नेपाली शान्ति सैनिकहरूले विभिन्न शान्ति मिसनहरूमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि सो को निरन्तरता हुने विश्वास गरेको नेपाली सेनाले जनाएको छ ।  

संयुक्त राष्ट्रसंघ मुख्यालयबाट भएको उच्चस्तरीय भ्रमण तथा भेटघाटले नेपाल तथा नेपाली शान्ति सैनिकहरूले विश्व शान्ति स्थापनामा पुर्‍याएको योगदानको अन्तराष्ट्रिय जगतबाट उच्च मूल्यांकन भएको विश्वास सेनाले लिएको जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्