२५ असार २०८३, बिहीबार

‘धनगढीको बसमा २’ रिलिज, दोहोरिइनन् समीक्षा [भिडियो]

कात्तिक ६, २०७९
‘धनगढीको बसमा २’ रिलिज, दोहोरिइनन् समीक्षा [भिडियो]

गत वर्ष सार्वजनिक लोकदोहोरी गीत ‘धनगढीको बसमा’ निकै लोकप्रिय बन्यो ।

अमृत सापकोटा, समीक्षा अधिकारी र कमला घिमिरेको स्वर रहेको गीतको भिडियोले अहिलेसम्म युट्युबमा ३ करोड बढी भ्युज पाइसकेको छ ।

सोही हिट गीतको दोस्रो भाग आईतबार सार्वजनिक भएको छ । ‘धनगढीको बसमा २’ स्वरुप ‘लाहुरे झोलाको’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो । 

‘धनगढीको बसमा’ कै गीतकार नेत्र अर्यालको शब्द, गोविन्द पंगेनीको संगीत रहेको ‘धनगढीको बसमा २’मा अमृत सापकोटा, शान्तीश्री परियार, लक्ष्मी खड्का र सुप्रिम मल्ल ठकुरीले स्वर दिएका छन् ।

गायिका समीक्षा भने ‘धनगढीको बसमा २’मा दोहरिइनन् ।

उनले यसअघि गीतको भिडियोमा समेत अभिनय गरेकी थिइन् । ‘धनगढीको बसमा’कै निर्देशक काजिश श्रेष्ठको निर्देशनमा ‘धनगढीको बसमा २’ तयार भएको हो ।

भिडियोमा गोविन्द भट्टराई, पूजा रिजाल, कमला घिमिरे, सुप्रिम मल्ल ठकुरी, अमृत सापकोटा, रश्मी भट्ट, खेम नेपाली, ज्योति सिलवाल लगायतको अभिनय छ । राजेश घिमिरेको छायाँकन रहेको भिडियोमा सम्पादन विकास ज्ञवालीको छ ।

salt training

कमेन्ट गर्नुहोस्