२९ असार २०८३, सोमबार

निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन सुरक्षा निकायहरूबीच समन्वय आवश्यक : गृहमन्त्री

कात्तिक ६, २०७९
निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन सुरक्षा निकायहरूबीच समन्वय आवश्यक : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । उनले सुरक्षाका धेरै चुनौतीहरू रहे पनि सुरक्षा निकायहरूका साझा र संयुक्त प्रयत्नले निर्वाचन सफलतापूर्वक सम्पन्न हुने बताए । 

आइतवार काठमाडौंमा आयोजित बागमती प्रदेशस्तरीय निर्वाचन केन्द्रित सुरक्षा गोष्ठी कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनमा देखिएको जटिलताहरूलाई हल गर्न सरकारले सुरक्षा निकायहरूसँग आवश्यक सहजीकरणको काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । गृहमन्त्री खाणले सुरक्षाकर्मी र सुरक्षा निकायलाई अत्याधुनिक बनाउने कामलाई सरकारले अझै प्राथमिकताका साथ अघि बढाउने पनि बताए । 

‘हाम्रा प्रमुख जिल्ला अधिकारीजीहरू र सुरक्षा निकायका जिल्लास्थित प्रमुखजीहरू, अधिकृत र जवानहरू साझा र संयुक्त प्रयत्नले, प्रतिबद्धताले एकै दिनमा निर्वाचन सम्पन्न हुनेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु । अब निर्वाचन सम्पन्न भइसकेपछि राष्ट्रिय सुरक्षाका बारेमा फेरि बृहत छलफल पनि हुनेछ । त्यसबाट नयाँ दृष्टिकोणहरू पनि अगाडि सार्न सकिनेछ । सुरक्षाकर्मीहरू र सुरक्षा निकायहरूलाई अत्याधुनिक बनाउने क्रममा सरकारले अझै प्राथमिकता थप्न पनि सक्नेछ । त्यसका लागि पनि हामीले गम्भिर छलफल र बहस गर्नेनै छौँ’, गृहमन्त्री खाणले भने, ‘आज भएको छलफलले पनि राज्य संचालनमा सहजता ल्याउनेछ । समन्वय अझ प्रगाढ ढंगले हामी गर्नेछौं । र भविष्यमा हाम्रो नीति तर्जुमा गर्ने क्रममा र कार्यान्वयनमा पनि यसले अहम् भूमिका निर्बाह गर्नेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु ।’

गृहमन्त्री खाँणले नागरिकताविहीन नेपाली नागरिकलाई नागरिकता दिने विषयलाई राजनीतिक विषय बनाउन नहुने पनि स्पष्ट पारे । गोष्ठीमा बोल्दै गृहसचिव विनोदप्रकाश सिंहले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रभावकारी ढंगले सुरक्षा निकायको परिचालन गर्न सम्बन्धित जिल्लाका जिल्ला सुरक्षा समितिलाई निर्देशन दिए । 

salt training

कमेन्ट गर्नुहोस्