३० असार २०८३, मंगलबार

नेपालमा पहिलो पटक ओमिक्रोनको नयाँ सवभेरियन्ट एक्सबीबी पुष्टि

कात्तिक ७, २०७९
नेपालमा पहिलो पटक ओमिक्रोनको नयाँ सवभेरियन्ट एक्सबीबी पुष्टि

नेपालमा पहिलो पटक ओमिक्रोनको नयाँ सवभेरियन्ट एक्सबीबी पुष्टि भएको छ । देशका विभिन्न भागहरुबाट साउन २१ देखि असोज २४ सम्म कोभिड–१९ संक्रमित व्यक्तिहरुबाट संकलित नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी केही नमुनाको जिनोमिक पहिचान गर्दा एक्सबीबी पहिचान भएको हो । 

सो भेरियन्ट हाल विभिन्न देशहरुमा फैलिरहेको र कोभिड–१९ को संक्रमण बढेको देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
मन्त्रालयले दीपावली तथा छठ जस्ता चाडपर्वको समयमा जनघट बढी हुने भएकाले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्