
कैलालीमा धान थ्रेसरमा परेर १ जनाको मृत्यु भएको छ ।
कैलारी गाउँपालिका–३ भर्रीटोलका बुथराम चौधरीकी ४५ वर्षीया पत्नी बिना चौधरीको धान थ्रेसरमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।
उनका अनुसार आफ्नै घर नजिकै खेतमा काटेको धान थ्रेसरमा हाल्ने क्रममा टाउकोमा बाधेको पटुकी थ्रेसरमा फस्न गई तानेर लगेकाले बिनाको मृत्यु भएको हो ।