२३ असार २०८३, मंगलबार

कारगिलमा मोदीले गाए सिपाहीहरूसँग गीत

कात्तिक ७, २०७९
कारगिलमा मोदीले गाए सिपाहीहरूसँग गीत

सैनिक जवानहरूसँग दीपावली मनाउन कारगिल भ्रमणमा  रहेका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार ‘वन्दे मातरम्’ राष्ट्रिय गीतका साथ विशेष गायनमा सहभागी भएका छन् । 

एक भिडियोमा जवानहरूले वन्दे मातरम् गीत गाउँदै गर्दा प्रधानमन्त्रीले ताली बजाउँदै तथा गाउँदै गरेको देखियो । प्रधानमन्त्री मञ्चको मध्यभागमा उभिएको तथा केही जवान गितार र अन्य बाजा बजाइरहेका देखिन्छन् । प्रधानमन्त्री मोदी कारगिलमा सैनिक जवानहरूसँग दीपावली मनाउन आजै पुगेका हुन् । 

प्रधानमन्त्रीले विगत केही वर्षदेखि सैनिक जवानसँग चाडपर्व मनाउँदै आएका छन् । उनले सेनाका जवानलाई मिठाई बाँड्नका साथै कारगिल युद्ध स्मारकमा माल्यार्पण गरेका थिए । सन् १९९९ मा पाकिस्तानसँग भएको युद्धमा पाँच सय २७ जना भारतीय सैनिकको मृत्यु भएको थियो । उक्त युद्धमा ज्यान गुमाएका सेनाका जवानप्रति पनि उनले श्रद्धाञ्जली अर्पण गरे । 

सशस्त्र बल देशको खम्बा भएको बताए । सिमाना सुरक्षित हुँदा राष्ट्र सुरक्षित हुने तथा अर्थतन्त्र बलियो हुने यथार्थ प्रस्तुत गर्दै प्रधानमन्त्रीले प्रकाशको पर्व दीपावलीले विश्व शान्तिको लागि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे ।  

salt training

कमेन्ट गर्नुहोस्