०७ असार २०८३, आइतबार

कार्यकाल पूरा गरेर फर्किन लागेकी चिनियाँ राजदूतले भनिन्- मैत्रीपूर्ण र सुन्दर नेपाल छाडेर जाँदैछु

कात्तिक ८, २०७९
कार्यकाल पूरा गरेर फर्किन लागेकी चिनियाँ राजदूतले भनिन्- मैत्रीपूर्ण र सुन्दर नेपाल छाडेर जाँदैछु

नेपालका लागि चिनियाँ राजदूत रहेकी होउ यान्छी आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्किएकी छन् ।

स्वदेश फिर्ता हुने क्रममा ट्विटरमा सन्देश लेख्दै यान्छीले सुन्दर नेपाललाई आफूले सम्झिरहेन उल्लेख गरेकी छन् ।

'आफ्नो कार्यकाल पूरा गरें । म मैत्रीपूर्ण र सुन्दर छिमेकी नेपाल छाडेर जाँदैछु ।सम्पूर्ण नेपाली मित्रहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । नेपालमा रहँदा सबै क्षेत्रका साथीहरूसँग गाँसिएको गहिरो मित्रताको म सधैँ कदर गर्नेछु,' उनले ट्वीटरमा लेखेकी छन् ।

साथमा उनले नेपालको सांस्कृतिक सम्पदामा खिचिएको तस्वीर पनि राखेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्