०६ साउन २०८३, बुधबार

सरकारी कागजातमा नेपाल संवत् प्रयोग गरिनुपर्छ : सुनिता डंगोल

कात्तिक ९, २०७९
सरकारी कागजातमा नेपाल संवत् प्रयोग गरिनुपर्छ : सुनिता डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सरकार र राजनीतिक दलहरूले आफूभन्दा माथि जनतालाई राखेर निर्णय लिन आवश्यक रहेको बताएकी छन् । बुधवार भक्तपुरमा आयोजित नेपाल संवत् ११४३ को अवसरमा शुभकामना आदन–प्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन् । 

उनले नेपाल स‌ंवत्‌को छुट्टै मौलिक महत्व र पहिचान रहेको भन्दै नेपाल स‌ंवत्‌लाई व्यवहारमा लागू गर्न आवश्यक भएको बताइन् । उपप्रमुख डंगोलले सरकारी कार्यालयहरूमा चलाउने डकुमेण्टहरूमा नेपाल स‌ंवत् प्रयोग गर्न नसकेसम्म राष्ट्रिय स‌ंवत्  राष्ट्रिय विभूतिको मान्यता दिएको अर्थ नरहने जिकिर गरिन् । उनले अहिलेका राजनीतिक दल र नेताहरूले राष्ट्रिय विभूति शंखधर साख्वाबाट धेरै कुरा सिक्न आवश्यक रहेको बताइन् । 

‘नेपाल सम्वत्‌को छुट्टै मौलिक महत्व र पहिचान छ । संसारमा नै नभएको देशको नामबाट एउटै मात्र स‌ंवत् हो नेपाल सम्वत । जनतालाई ऋण मोचन गरेर, जनतालाई सबैभन्दा प्राथमिकतामा राखेर शुरुवात भएको हाम्रो माटोको, मौलिक नेपाल स‌ंवत् विशेष कार्यक्रम गरेर मनाइरहेका छौँ । राष्ट्रिय विभूतिको रुपमा मान्यता दिइसकेपछि हामीले लिखित रुपमा मात्रै होइन कार्यान्वयन गर्न व्यवहारमा लागू गर्न महत्वपूर्ण छ’, डंगोलले भनिन्, ‘हामीले चलाउने डकुमेण्टहरूमा जबसम्म नेपाल स‌ंवत् प्रयोग गर्न सक्दैनौँ, तबसम्म यसलाई राष्ट्रिय स‌ंवत्, राष्ट्रिय विभूतिको मान्यता दिएको अर्थ नहुन सक्छ । नेपाल स‌ंवत् मनाइरहँदा राष्ट्रिय विभूतिबाट सिक्नुपर्ने धेरै पाठ छ । जनतालाई ऋण मोचन गरे झैँ आफूभन्दा माथि जनता भनेर सोच्न जरुरी छ ।’

उपप्रमुख डंगोलले संसारमा नै नभएको देशको नामबाट एउटै मात्र स‌ंवत् भनेको नेपाल स‌ंवत् रहेकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताइन् । 

 

salt training

कमेन्ट गर्नुहोस्