
पछिल्लो २४ घन्टामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार ११७ नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म १० लाख ५२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये नौ लाख ८७ हजार ८६३ जना संक्रमण मुक्त भएका छन् । आज ३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ६४१ छ ।
कोरोना संक्रमणबाट हालसम्म १२ हजार १९ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार दुई करोड ३२ लाख ८ हजार ४८३ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा, दुई करोड २३ लाख २४ हजार ९३३ ले पूर्ण मात्रा र ७९ लाख ७२ हजार ७९१ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन् ।
७७ जिल्लामा डेंगु, ४३ हजार बिरामी
मन्त्रालयका अनुसार ७७ जिल्लामा डेंगु फैलिएको छ । गत साउनदेखि हालसम्म ४३ हजार ६८५ जना सम्भावित डेंगुको बिरामी भेटिएका छन् । डेंगुका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।