२५ जेठ २०८३, सोमबार

रोल्पामा जिप दुर्घटना, एकै घरका दाजुभाइसहित तीन जनाको मृत्यु

कात्तिक ९, २०७९
रोल्पामा जिप दुर्घटना, एकै घरका दाजुभाइसहित तीन जनाको मृत्यु

रोल्पामा आज (बुधवार) जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ सेवा केन्द्र नजिकै जुगेखोलामा भएको जिप दुर्घटनामा परी एकै घरका दाजुभाइसहित तीन जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका निवासी ५८ वर्षीय विष्णुप्रसाद रिजाल, सोही ठाउँ निवासी ६० वर्षीय नारायणप्रसाद रिजाल र दाङ राप्ती गाउँपालिका–१ भालुबाङ निवासी ५० वर्षीया फाम्सी केसी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । 

रोल्पाको सुलिचौरबाट गजुलतर्फ जाँदै गरेको लु१ज ३२३४ नंको जिप दुर्घटनाग्रस्त भएको थियो । जिप सडकबाट करिब एक सय मिटर तल खसेको थियो । जिपमा सवार १५ जना रहेको प्रहरीले बताएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् भने सात जनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेलाई प्राथमिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुरमा सिफारिस गरिएको इलाका प्रहरी कार्यलय सुलिचौरका इन्चार्ज ओमप्रकाश वाग्लेले जानकारी दिए । जिपको ब्रेक फेल भएकाले दुर्घटना भएको प्रहरीले बताएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्