०७ साउन २०८३, बिहीबार

युक्रेनी राष्ट्रपतिलाई सघाउने ऋषि सुनक आश्वासन

कात्तिक ९, २०७९
युक्रेनी राष्ट्रपतिलाई सघाउने ऋषि सुनक आश्वासन

बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग टेलीफोन वार्ता गरेका छन् । वार्ताका क्रममा उनले युक्रेनी जनताप्रति बेलायतको ऐक्यबद्धता एवम् समर्थन रहेको बताए । 

युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग कुरा गर्न पाउनु विशेषाधिकार भएको बताउँदै प्रधानमन्त्री सुनकले  युक्रेनी राष्ट्रपति र जनताप्रति बेलाइतको निरन्तर साथ, सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सधै युक्रेनको साथमा बेलायत रहेको स्पष्ट गरे । 
    
कुराकानीका क्रममा प्रधानमन्त्री सुनकले युक्रेनको स्वतन्त्रताको पक्षधर बेलायत किएभको आजीवन मित्र बन्ने र युक्रेनलाई समृद्ध एवम् अग्रगामी देशको रूपमा पुनर्निर्माणमा सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।  
 

salt training

कमेन्ट गर्नुहोस्