३० जेठ २०८३, शनिबार

यी महिला वकिल : सम्बन्धविच्छेदको मुद्दा लड्दालड्दै ग्राहकसँगै ‘लभ’ चक्कर

कात्तिक १०, २०७९
यी महिला वकिल : सम्बन्धविच्छेदको मुद्दा लड्दालड्दै ग्राहकसँगै ‘लभ’ चक्कर
प्रतिकात्मक तस्वीर

महिला वकिल सम्बन्धविच्छेदको मुद्दा लडिरहेका ग्राहकसँगै ‘लभ’ गरेको घटना सार्वजनिक भएको छ ।

अस्ट्रेलियाका करोडपति व्यापारीको पक्षबाट मुद्दामा वकालत गरिरहेकी ती महिलाले ‘प्रेम’ व्यक्त गरेपछि उनलाई मुद्दाको सुनुवाइबाट अलग गरिएको छ ।

व्यापारीले अदालतमा निवेदन दिँदै ती महिला वकिलले आफ्नो पक्षबाट वकालत गर्न नसक्ने जानकारी दिएका छन् । द डेली टेलिग्राफमा प्रकाशित रिपोर्टअनुसार मुद्दाबाट अलग गरिए पनि ती वकिलले व्यापारीलाई अपनाएरै छाड्ने जिद्दी गरिरहेकी छन् तर व्यापारी वकिलसँगको प्रेममा राजी देखिएका छैनन् ।

ती व्यापारीले अदालतमा सुनुवाइ स्थगित गर्दै नयाँ वकिल खोज्न समय मागेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्