![घरभित्र लुकेर बसेका कोरोना संक्रमितलाई क्रेनले तानेर निकालियो बाहिर [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/corona_virus_i3LHLgm6UW.jpg)
आजभन्दा करिब ३ वर्षअघि चीनको वुहानमा पहिलो पटक कोरोना भाइरस भेटिएको थियो । त्यसबेलादेखि अहिलेसम्म यो खतरनाक भाइरसले सारा विश्वको मुहार नै बदलेको छ । पहिलो पटक मानिसहरूले लकडाउन र क्वारेन्टाइनजस्ता शब्दहरू सुन्न पाए । लाखौँ मानिसको ज्यान लिने यो भाइरसले जताततै तहसनहस बनाएको छ । भ्याक्सिन आएपछि पनि मानिसहरू यो भाइरसबाट मुक्त हुन सकेका छैनन् ।
विश्वका धेरै देशमा लगातार कोरोनाका नयाँ बिरामी भेटिन थालेका छन् । यद्यपि, भाइरस पहिलेको तुलनामा कम खतरनाक भएको छ । त्यसैले विश्वका अधिकांश देशहरूमा पहिलेको तुलनामा कम प्रतिबन्धहरू देखिएका छन् । तर, चीन अझै पनि कोरोना संक्रमणको विषयमा निकै कडा छ । भर्खरै क्रेनको सहयोगमा बिरामीलाई यहाँको क्वारेन्टाइन सेन्टरमा पठाइएको थियो ।
अहिले यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । घरको माथिल्लो तलाबाट एक व्यक्तिलाई क्रेनको सहायताले बाहिर निकालिएको छ । उक्त व्यक्तिमा कोरोना पोजेटिभ भएको दाबी गरिएको छ । चीन सरकारले शून्य कोभिड नीति अपनाएको छ । अर्थात् कुनै क्षेत्रमा एक जना बिरामी फेला परे सो क्षेत्र सिल गरिन्छ ।
हेर्नुहोस् भाइरल भिडियो
中国式现代化。【方老师,投稿一个防疫大革命的荒谬视频。一个阳性患者被吊机吊出小区,因为他们不敢进去接,也不想患者的细菌留在地板上,这样能保证最小的接触面积。】 pic.twitter.com/2BM3Afm3V6
— 方舟子 (@fangshimin) October 25, 2022
अपलोड भएदेखि अहिलेसम्म २ लाखभन्दा बढी पटक हेरिएको छ । एक ट्विटर प्रयोगकर्ताले लेखे, ‘यति स्मार्ट, चिनियाँ शैलीको आधुनिकीकरण अवश्य महसुस हुनेछ ।’
काेभिड शून्य नीति
कोरोनाका सम्बन्धमा विश्वका केही कडा प्रतिबन्धका बाबजुद पनि शहरमा संक्रमित बढिरहेका छन् । बुधवार चीनको राजधानी बेइजिङमा १९ जना नयाँ संक्रमित भेटिएका छन् । बेइजिङ एकमात्र प्रमुख चिनियाँ शहर हो जसले अहिलेसम्म पूर्ण लकडाउन लगाएको छैन । तर, यो महिनाको शुरुमा राष्ट्रिय स्वर्ण पर्वपछि संक्रमण बढ्दै गएको छ । गत बिहीवार बेइजिङका केही हाउजिङ एस्टेट र शपिङ सेन्टरहरू कोरोनाको वृद्धिका कारण बन्द गरिएका थिए ।
केसहरू निरन्तर आइरहेका छन् । चीनका अन्य प्रमुख आकर्षणहरू हालका महिनाहरूमा कोभिड संक्रमणको वृद्धिका कारण बन्द गरिएका छन् । यस वर्षको शुरुमा, सांघाई डिज्नील्याण्ड कोरोनाभाइरस प्रकोपको कारण तीन महिनाको लागि बन्द गरिएको थियो । जब यो जुनमा पुनः खोलियो । आगन्तुकहरूले अनुहारको मास्क लगाउनुपर्ने थियो र कडा सामाजिक दूरी नियमहरू पालना गर्नुपर्ने थियो ।