२७ जेठ २०८३, बुधबार

जीपले मोटरसाइकललाई ठक्कर दिँदा कैलालीमा एक युवकको मृत्यु

कात्तिक १०, २०७९
जीपले मोटरसाइकललाई ठक्कर दिँदा कैलालीमा एक युवकको मृत्यु
प्रतीकात्मक तस्वीर

सडक दुर्घटनामा घाइते भएका कैलालीको गोदावरी नगरपालिका – ३ तेघरीका  शेरबहादुर पुन मगरको मृत्यु भएको छ ।

उनको उपचारको क्रममा सेती प्रादेशीक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

 पूर्वपश्चिम राजमार्ग अन्तर्गत गौरीगङ्गा नगरपालिका वडा ३ को कुचेनीमा आज पश्चिमबाट पूर्व जाँदै गरेको बा १२ च २११४ नम्बरको जीपले विपरीत दिशाबाट आउदै गरेको सुपप्र ०१—००८ प ५७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पुनमगर गम्भीर घाइते हुनुभएको थियो ।

ठक्कर दिने जिप र चालक युसुभ श्रेष्ठलाई इलाका प्रहरी कार्यालय चौमालाले नियन्त्रणमा लिएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्