२३ असार २०८३, मंगलबार

सत्ता गठबन्धनका साझा उम्मेदवारहरूको सूची सार्वजनिक, केही स्थानमा मित्रवत प्रतिष्पर्धा हुने

कात्तिक ११, २०७९
सत्ता गठबन्धनका साझा उम्मेदवारहरूको सूची सार्वजनिक, केही स्थानमा मित्रवत प्रतिष्पर्धा हुने

सत्ता गठबन्धनमा रहेका दलहरूले सबै निर्वाचन क्षेत्रका साझा उम्मेदवारहरूको सूची सार्वजनिक गरेका छन् । प्रतिनिधि सभातर्फ देशभरको १६५ वटै निर्वाचन क्षेत्रमा साझा उम्मेदवारहरूको सूची सार्वजनिक गरिएको हो । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हस्ताक्षर गरेको विज्ञप्तिमा गठबन्धन दलहरूका उम्मेदवारहरूलाई विजयी गराउन अपिल गरिएको छ । 

विज्ञप्तिमा गठबन्धन दलबाट दोहोरो उम्मेदवारी परेको सम्बन्धमा भने मित्रवत् प्रतिष्पर्धा गर्ने सहमति भएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘केही स्थानहरूमा मित्रवत प्रतिष्पर्धा गर्ने गरी तय गरिएको छ, ति स्थानहरूमा एक आपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको छ ।’


 

salt training

कमेन्ट गर्नुहोस्