३१ जेठ २०८३, आइतबार

गण्डकी र प्रदेश १ मा हल्का वर्षाको सम्भावना

कात्तिक १२, २०७९
गण्डकी र प्रदेश १ मा हल्का वर्षाको सम्भावना

आज (शनिवार) गण्डकी र प्रदेश १ मा हल्का वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको विभागले जनाएको छ । बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । 

मौसम सफा रहे पनि मुलुकभर चिसोको मात्रा बढ्दै गएको छ । तापक्रम घटिरहेकाले चिसो बढेको महाशाखाले जानकारी दिएको छ । 

शनिवार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यी दुई प्रदेशमा राति पनि हल्का वर्षाको सम्भावना रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आइतवार पनि देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहने छ । महाशाखाका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा आइतवार पनि हल्का वर्षाको सम्भावना रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्