०२ असार २०८३, मंगलबार

खुकुरी हानेर चितवनमा युवकको हत्या

कात्तिक १२, २०७९
खुकुरी हानेर चितवनमा युवकको हत्या

चितवनमा एक युवकको खुकुरी प्रहार गरेर हत्या भएको छ । माडी नगरपालिका ४ घोसरीमा ३३ वर्षीय जीवन नेपालीको हत्या भएको हो । 

परियारको हत्या गरेको आरोपमा प्रहरीले उनकै साथी नवलपरासी बस्ने ३४ वर्षीय एक युवकलाई माडी–३ इनारबरुवाबाट पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरिएका व्यक्तिको पहिचान खुलाएको छैन ।
सँगै बसेर मदिरा सेवन गर्ने क्रममा विवाद निम्तिएपछि यो घटना भएको चितवन प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्