२३ असार २०८३, मंगलबार
प्रतिनिधि सभा निर्वाचन २०७९

कांग्रेसको मूल नारा– संविधान रक्षा, स्थिरता, समुन्नतिको आधार, नेपाली कांग्रेसकै नेतृत्वमा अबको सरकार

कात्तिक १२, २०७९
कांग्रेसको मूल नारा– संविधान रक्षा, स्थिरता, समुन्नतिको आधार, नेपाली कांग्रेसकै नेतृत्वमा अबको सरकार

नेपाली कांग्रेसले मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावलाई लक्षित गरेर घोषणा पत्र सार्वजनिक गरेको छ । कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको चुनावी घोषणा पत्र सार्वजनिक गरेका हुन् । 

कांग्रेसले ‘संविधान रक्षा, स्थिरता, समुन्नतिको आधार, नेपाली कांग्रेसकै नेतृत्वमा अबको सरकार’ भन्ने मूल नारा बनाएर घोषणा पत्र तयारी गरेको महामन्त्री एवं घोषणा पत्र तयारी समितिका संयोजक विश्वप्रकाश शर्माले बताए । 

कांग्रेसको केन्द्रीय कार्यालयमा घोषणा पत्रको विस्तृतिकरण कार्यक्रम जारी छ । 
 

salt training

कमेन्ट गर्नुहोस्