२८ जेठ २०८३, बिहीबार

स्वास्थ्य र सामाजिक सुरक्षामा कांग्रेसको वाचा : ३ वर्षमुनि र ७३ वर्षमाथिकालाई निःशुल्क उपचार

कात्तिक १२, २०७९
स्वास्थ्य र सामाजिक सुरक्षामा कांग्रेसको वाचा : ३ वर्षमुनि र ७३ वर्षमाथिकालाई निःशुल्क उपचार

नेपाली कांग्रेसले ३ वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने चुनावी वाचा गरेको छ ।

शनिवार कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसले ३–७३ को नारा अघि ल्याएको हो ।

कांग्रेसले ५ वर्षभित्र सबै नागरिकको बिमा र बिमामार्फत् गम्भीर प्रकृतिका रोगको उपचार सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । बिमाको दायरा बढाएर १० लाख पुर्‍याउने कांग्रेसको घोषणा पत्रमा उल्लेख छ । 

६५ वर्षमाथिका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अति विपन्न, अति अशक्त, एकल महिला, महिला तथा स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क बिमा गर्ने कांग्रेसको घोषणा पत्रमा उल्लेख छ ।

५ वर्षभित्र स्वास्थ्य संस्था नभएका २६०० वडामा आधारभूत स्वास्थ्य केन्द्र, सबै गाउँ/नगरपालिकामा विशेषज्ञ चिकित्सकसहित प्राथमिक अस्पताल र सबै उपमहानगर तथा महानगरमा विशेषज्ञ सेवाहरूसहित अस्पताल सञ्चालन गर्ने योजना कांग्रेसले घोषणा पत्रमा उल्लेख गरेको छ ।

सबै महिलालाई निःशुल्क स्यानिटरी प्याड, हरेक स्थानीय तहमा एम्बुलेन्सको व्यवस्था गर्ने चुनावी वाचा घोषणा पत्रमा उल्लेख भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्