२८ जेठ २०८३, बिहीबार

अधुरा कामलाई पूरा गर्छौँ : वरिष्ठ नेता पौडेल

कात्तिक १२, २०७९
अधुरा कामलाई पूरा गर्छौँ : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले अधुरा विकासका कामलाई निरन्तरता दिन उम्मेदवारी दिएको बताएका छन् । तनहुँको देवघाट गाउँपालिकास्थित वैदी, कोटाका मतदातासँग आज आयोजित भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले विगतमा कांग्रेसले सुरु गरेका विकासका योजना अलपत्र परेकाले त्यसको निरन्तरताका लागि आफू उम्मेदवार बनेको बताए। 

“गत निर्वाचनमा नेकपा (एमाले) ले चुनाव जितेपछि जिल्लाको विकास निर्माण अवरुद्ध भयो, कांग्रेसको नेतृत्वमा सुरु भएका योजनाले गति लिन सकेन”, पौडेलले भने, “विकास योजनालाई निरन्तरता दिनु मेरो मुख्य उद्देश्य हो ।”

 गत निर्वाचनमा जनतामा भ्रम फैलिएका कारण आफूले चुनाव हारेको भन्दै पौडेलले यसपटक जनताले मूल्याङ्कन गर्ने विश्वास व्यक्त गरे । 
मङ्सिर ४ गते हुने निर्वाचनका लागि पौडेलले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्