०६ साउन २०८३, बुधबार

कांग्रेसको सर्कुलरः प्रचारप्रसारमा सक्रिय भएर पार्टीको भोट बढाउनू

कात्तिक १३, २०७९
कांग्रेसको सर्कुलरः प्रचारप्रसारमा सक्रिय भएर पार्टीको भोट बढाउनू

नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने आम निर्वाचनलाई लक्षित गर्दै प्रचारप्रसारको सम्बन्धमा एक सर्कुलर पठाएको छ । पार्टीका तर्फबाट प्रवक्ता डा प्रकाशशरण महतले केन्द्रीय प्रचारप्रसार समिति तथा सबै उपसमिति अन्तरगतका सदस्यलाई सर्कुलर पठाएका हुन् । 

सर्कुलरमा सक्रिय ढंगले प्रचार प्रसारमा लागेर पार्टीको पक्षमा जनमत बनाउन आग्रह गरिएको छ । उनले कांग्रेसले प्रत्यक्षमा उम्मेदवार उठाएका स्थानमा आफ्ना उम्मेदरवारलाई विजयी गराउन, सहमतिमा गठबन्धन दलसँग तालमेल भएका स्थानमा गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन तथा समानुपातिकतर्फ कांग्रेसका पक्षमा अत्यधिक मतदान गराउन मन, वचन र कर्मले समर्पित हुन आग्रह गरेका छन् । 

साथै नेपाली कांग्रेसको पक्षमा पार्टीले पठाएका प्रचार सामग्रीहरु विद्युतीय तथा अन्य सञ्चार माध्यमहरुबाट व्यापक रुपमा प्रचार प्रसार गर्ने कार्यमा सक्रिय हुन पनि कांग्रेसले अनुरोध गरेको छ । काममा खटिने सदस्यहरुको पार्टीले मूल्यांकन गर्ने महतको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्