२४ असार २०८३, बुधबार

पूर्वी नवलपरासीमा बस दुर्घटना : ५ जनाको घटनास्थलमै मृत्यु, ३० जना घाइते

कात्तिक १३, २०७९
पूर्वी नवलपरासीमा बस दुर्घटना : ५ जनाको घटनास्थलमै मृत्यु, ३० जना घाइते

पूर्वी नवलपरासीमा बस दुर्घटनामा हुँदा ५ जनाको मृत्यु  भएको छ भने ३० जना घाइते भएका छन् । 

पाल्पाको रम्भा गाउँपालिकाको हुँगिबाट मनकामना दर्शनको लागि जाँदै गरेको ना६ख ७५८० नम्बरको बस नवलपुरको बुलिङ्गटार-२, डाँडाझेरीको मथारमा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । 

बस कालीगण्डकी कोरीडोरको सडकबाट १०० मिटरतल खस्दा बसमा  सवार ३५ जना मध्ये ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । 
बाँकी ३० जना सबै घाइतेलाई अस्पताल भर्ना गरिएको  छ । 

दुर्घटनामा परी पाल्पाको रम्भा गाउँपालिका १ निवासी ४१ वर्षीया तारा विक, १७ वर्षीय विनयी विक, ६२ वर्षीय धनी विक, ५८ वर्षीय देवी गाहा र स्याङ्जाको गल्याङ १ बेलचौर निवासी ४५ वर्षीया फूलमाया माझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक सन्तोष पाठकले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्