१४ असार २०८३, आइतबार

चीनमा खुल्यो संसारको सबभन्दा ठूलो शपिङ कम्प्लेक्स

कात्तिक १३, २०७९
चीनमा खुल्यो संसारको सबभन्दा ठूलो शपिङ कम्प्लेक्स

चीनको दक्षिणी भागमा रहेको हाइनान प्रान्तमा संसारको सबभन्दा ठूलो ड्युटी फ्री शपिङ कम्प्लेक्स खुलेको छ । 

हाइकोउ कम्प्लेक्सले वस्तु उपभोगलाई थप बढाउने विश्वास चिनियाँ अधिकारीहरूले लिएका छन् । 

उक्त शपिङ कम्प्लेक्स चाइना ड्युटी फ्री ग्रुपले बनाएको हो । सिन्हाइ बन्दरगाहको उत्तरी तटमा यो कम्प्लेक्स बनाइएको हो । 

यसमा भवनले चर्चेको कुल क्षेत्रफल २ लाख ८० हजार वर्गमिटर हो । यहाँ ८०० भन्दा बढी ब्रान्डका पसलहरू रहेको स्थानीय पत्रिका हाइनान रिबाओले खबर दिएको छ । 

हाइकोउ कम्प्लेक्सले हाइनानलाई अन्तर्राष्ट्रिय पर्यटक टापु बनाउने त्यस प्रान्तका प्रचार विभागका ह्वा स्याओदोङले बताए । 

चीन सरकारले घरेलु बजारमा खपत बढाउने अनि विश्व बजारको कारोबार पनि मजबुत बनाउने दोहोरो परिचालनको नीति ल्याएको सन्दर्भमा हाइकोउ कम्प्लेक्सको निर्माणले त्यसमा टेवा पुर्‍याउने थ्यानचिन विश्वविद्यालयमा मार्क्सवादी स्कूलका डीन कङ यीले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्