
कलाकार दीपकराज गिरीले ६० वर्ष उमेर कटेका नेतालाई भोट नहाल्ने प्रतिबद्धता जनाएका छन् । आइतवार सामाजिक सञ्जालमा सन्देश लेख्दै उनले ६० वर्ष माथिकालाई भोट हालेर खेर नफाल्ने बताएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्,
‘सबै फूल गुलाफ हुँदैनन्,
सबै स्वतन्त्र बालेन हुँदैनन्
आफ्नो भोट खेर फाल्दिन
६० काटेकालाई हाल्दै हाल्दिन !
दीपकराजले विभिन्न राजनीतिक र सामाजिक विषयवस्तुमा टिप्पणी गर्दै आएका छन् ।