०८ असार २०८३, सोमबार

गुल्मीमा जीप दुर्घटना, ६ जना घाइते

कात्तिक १३, २०७९
गुल्मीमा जीप दुर्घटना, ६ जना घाइते

गुल्मीमा आइतवार जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बुटवलबाट गुल्मीको शान्तिपुरतर्फ जाँदै गरेको लु १ ज १४१५ नम्बरको जीप सत्यवती गाउँपालिका ६ स्थित रुद्रवेणी–वामी सडकखण्डमा अनियन्त्रित भई सडकमै पल्टिएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी माधवप्रसाद खरेलका अनुसार दुर्घटनामा परी घाइते हुनेहरूमा बागलुङको बाटाकाचौर गाउँपालिका ३ की ४७ वर्षीया खुमादेवी काउछा, सोही स्थानकै २५ वर्षिया चन्द्रकला काउछा, २२ वर्षीया दिपिका काउछा, ५७ वर्षीय प्रेमबहादुर काउछा रहेका छन् । त्यस्तै चन्द्रकोट गाउँपालिका १ का १६ वर्षीया कल्पना गलामी र वडा नम्बर ४ का २८ वर्षीया कल्पना पुन रहेका छन् ।

जीपमा १३ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारको लागि जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ । जीप चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्