०७ साउन २०८३, बिहीबार

बुटवलको तिनाउ नदीमा छठको रौनक, शुभकामना दिँदै पुगे एमाले उपाध्यक्ष विष्णु पौडेल

कात्तिक १३, २०७९
बुटवलको तिनाउ नदीमा छठको रौनक, शुभकामना दिँदै पुगे एमाले उपाध्यक्ष विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बुटवलको तिनाउ नदी किनारमा पुगेर छठ पर्वको शुभकामना दिएका छन् । उनले आइतवार साँझ तिनाउ नदी किनारमा पुगेर छठका व्रतालुहरूलाई शुभकामना दिएका हुन् । 

आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिएका व्रतालु सोमवार बिहान सूर्य नउदाएसम्म छठ पूजास्थलमै जाग्राम बस्छन् । बिहान उदाउँदा सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिएपछि चार दिन लामो छठ पर्व सकिन्छ । छठको व्रत बसेमा मनले चिताएको पूरा हुने कुरा सूर्यपुराणलगायत ग्रन्थमा वर्णित छ । महाभारतकालमा द्रौपदीसहित पञ्चपाण्डवले सूर्यको पूजा आराधना गरी एक वर्षे अज्ञातवास सफल भएको उल्लेख गरिएको छ । यसै विश्वासका आधारमा छठ पर्व मनाउने परम्परा शुरु भएको मानिन्छ ।

कमेन्ट गर्नुहोस्