२६ असार २०८३, शुक्रबार

केपी ओली दुई तिहाई जनमत सम्हाल्न असफल : मन्त्री पौडेल

कात्तिक १३, २०७९
केपी ओली दुई तिहाई जनमत सम्हाल्न असफल : मन्त्री पौडेल

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाई जनमत सम्हाल्न असफल भएको आरोप लगाएका छन् ।  आइतबार बडिगाड गाउँपालिका वडा नम्बर ९ र १० मा साझा गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी शर्मा ओलीले दुई तिहाईको जनमत सम्हाल्न असफल भएको आरोप लगाएका हुन् ।  

“तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मास्न खोज्नुभयो,” उनले भने, जनमतबाट प्राप्त भएको दुई तिहाईको सरकार सञ्चालन गर्न उहाँ असफल हुनुभयो ।” 
उनले लोकतन्त्र र परिर्वतनको पक्षमा उभिन आग्रह गर्दै गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न आग्रह गरे  । आफू मन्त्री भएपछि जिल्लाका अधिकांश विद्यालयको भौतिक संरचना बनेको बताउँदै ५ वर्षको अवधिमा पूरा नभएका बाचाहरू अब पूरा गर्ने विश्वास व्यक्त गरे । उनले गलकोटमा बहुप्राविधिक शिक्षालय स्थापनाका लागि निर्णय भएको बताउँदै जग्गा प्राप्तिपछि १ अर्ब १५ करोडको भौतिक संरचना बन्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्