२३ असार २०८३, मंगलबार

लमजुङका दुई उम्मेदवार मैदानबाट पछि हटे, देव गुरुङलाई समर्थन

कात्तिक १३, २०७९
लमजुङका दुई उम्मेदवार मैदानबाट पछि हटे, देव गुरुङलाई समर्थन

आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि उम्मेदवारी दिएका लमजुङका दुई उम्मेदवारले उम्मेदवारी स्थगित गरेको बताएका छन् । प्रतिनिधि सभाका उमेदवारद्वय नेपाली कांग्रेस (बिपी) का डा लक्ष्मीकान्त पौडेल र जनता समाजवादी पार्टी (जसपा)का नरेन्द्र गुरूङले उम्मेदवारी स्थगित गरेर सत्ता गठबन्धनका उम्मेदवार देव गुरुङलाई समर्थन गरेका हुन् । यसबारे जानकारी दिन उनीहरुले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका छन् । 

लमजुङबाट एक स्वतन्त्र सहित १० जनाले उम्मेदवारी दिएका थिए । अब ८ उम्मेदवारबीचमात्रै प्रतिस्पर्धा हुने भएको छ । जसमा सत्ता गठबन्धनबाट गुरुङ र एमालेका पृथ्वी सुव्वा गुरुङबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । 
उनीहरुबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टीका बाल चन्द्र श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका राजेन्द्र प्रसाद प्रजापति,  राष्ट्रिय प्रजातन्त्र पार्टीका नेपालका टक बहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेसनका विकास गुरुङ्ग, आमूल परिवर्तन मसिहा पार्टी नेपालकानन्द जङ गुरुङ,राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसी र स्वतन्त्र उम्मेदवार चन्दन वस्यालले उम्मेदवारी दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्