
आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई हराएको छ ।
अष्ट्रेलियाको पर्थमा आइतबार भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले हराएको हो ।
भारतले दिएको १ सय ३४ रनको लक्ष्य दक्षिण अफ्रिकाले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन जोडेको थियो ।
जीतसँगै दक्षिण अफ्रिका समूह २ को शीर्ष स्थानमा उक्लिएको छ ।
दक्षिण अफ्रिकाले ३ खेलमा ५ अंक जोडेको छ ।
भारत ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।