३१ असार २०८३, बुधबार

एकीकृत समाजवादीका चौहानको उम्मेदवारी निष्क्रिय

कात्तिक १४, २०७९
एकीकृत समाजवादीका चौहानको उम्मेदवारी निष्क्रिय

नेकपा एकीकृत समाजवादीबाट अर्घाखाँची  प्रदेशसभा (क) मा उम्मेदवार बनेका रामबहादुर चौहानले आफ्नो उम्मेदवारी निष्क्रिय बनेको घोषणा गरेका छन् । 

आइतबार राती सन्धिखर्कमा सत्तागठबन्धनको तर्फबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता चौहानले प्रतिगमनलाई परास्त गर्नु अनिवार्य भएकोले गठबन्धनलाई जिताउनका लागि आफूले उम्मेदवारी निष्क्रिय पारेका बताए ।

अर्घाखाँची प्रदेशसभा क मा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका नेता सागर केसी चुनावी मैदानमा छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्