१० साउन २०८३, आइतबार

अल्लु अर्जुनले शुरू गरे पुष्पा २ को शुटिङ

कात्तिक १४, २०७९
अल्लु अर्जुनले शुरू गरे पुष्पा २ को शुटिङ

भारतका पछिल्लो समयका चर्चित अभिनेता अल्लु अर्जुनले पुष्पा २ को शुटिङ शुरू गरेका छन् ।

उनले शुटिङ शुरू गरेको एक तस्वीर सामाजिक सञ्जालमा यतिखेर चर्चामा छ । 

तस्वीरमा अल्लु अर्जुनसँग चर्चित सिनेमेटोग्राफर मिरोस्लाव कुबा ब्रोजेंक पनि देखिएका छन् ।

फिल्म २०२३ मा बक्स अफिसमा आउने बताइएको छ । 

फिल्ममा अल्लु अर्जुनसँगै रश्मिका मन्डना र फहाद फासिलको पनि मुख्य भूमिका छ । 

फिल्म करीब ४ सय करोड भारतीय रुपैयाँमा बन्ने निर्माताले बताएका छन् । 

यसअघि हलमा आएको पुष्पाको पहिलो भागले हलमा अत्याधिक सफलता पाएपछि निर्माताले दोस्रो भाग पनि छिट्टै सार्वजनिक गर्न लागेका हुन् ।

पहिलो  भाग १९४ करोड रुपैयाँ भारतीय रुपैयाँमा बनाइएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्