१० साउन २०८३, आइतबार

अमेरिकामा गायब बनाइएका पत्रकार अझै भएनन् सार्वजनिक

कात्तिक १४, २०७९
अमेरिकामा गायब बनाइएका पत्रकार अझै भएनन् सार्वजनिक

अमेरिकाको एबीसी न्युजका खोजी पत्रकार जेम्स गोर्डन मीकको घरमा एफबीआईले गत अप्रिल महिनामा छापा मारेदेखि उनी सार्वजनिक स्थानमा देखिएका छैनन् । 

बाइडन प्रशासनको परराष्ट्रनीतिका कटु आलोचक मीकको आर्लिङटनमा रहेको घरमा एफबीआईले छापा मारेपछि त्यो रित्तो छ । यी ५२ वर्षीय पत्रकारलाई कुनै पनि अभियोग लगाइएको छैन । 

छापा मारिएलगत्तै गोर्डनले एबीसी न्युजबाट राजीनामा दिएका थिए । 

रोलिङ स्टोन पत्रिकाले सबभन्दा शुरूमा यो समाचार ब्रेक गरेको थियो । उक्त पत्रिकाले एबीसीका एक प्रतिनिधिसँग कुरा गर्दा उनले भने, ‘मीकले एक्कासि राजीनामा दिए अपन हामीकहाँ काम गर्न छोडेको महिनौं भयो ।’

गोर्डनका एक पूर्वसहकर्मीले पनि उनी धर्तीबाटै गायब भएको बताए । उनी कहाँ छन् कसैलाई पनि थाहा छैन । 

मीकले सेनाका सेवानिवृत्त लेफ्टिनेन्ट कर्नेल स्कट मानसँग मिलेर एउटा पुस्तक लेखिरहेका थिए । त्यस पुस्तकबाट पनि उनले नाम झिकेका छन् । 

मानले भने, ‘उनले मलाई गत वसन्तमा सम्पर्क गरेका थिए । उनी निकै चिन्तित देखिन्थे । व्यक्तिगत कारणले गर्दा आफू पुस्तक लेखन परियोजनाबाट पछि हटेको उनले बताएका थिए ।’

एफबीआईले आफू अप्रिल २७ को बिहान आर्लिङटनस्थित मीकको घरमा पुगेको पुष्टि गरेको छ । तर अनुसन्धान चलिरहेकाले त्यसमा थप टिप्पणी नगर्ने उसको भनाइ छ । 

मीकको ल्यापटपमा गोप्य सामग्री फेला परेको रोलिङ स्टोनलाई स्रोतहरूले बताए । त्यही सामग्रीका कारण कतै बाइडन प्रशासनले उनलाई बेपत्ता बनाएको त हैन भनी प्रश्न उठाइएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्