
नेपाली कांग्रेसले आसन्न मंसिरमा हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली जनसम्पर्क समिति भारत समन्वय परिचालन उपसमितिमा सदस्य मनोनयन गरेको छ ।
कांग्रेसले मंसिर ४ गने हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि गठित समितिमा भारतका विभिन्न ७ क्षेत्रलाई समेटेर ३६० सदस्य मनोनित गरेको हो ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९, केन्द्रीय परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठले नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य एवं केन्द्रीय परिचालन समितिका सदस्य बालकृष्ण पाण्डेको संयोजकत्वमा गठन गरेको नेपाली कांग्रेस प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नेपाली जनसम्पर्क समिति भारत समन्वय परिचालन उपसमितिमा ३६० सदस्यहरू मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसले जारी गरेको विज्ञप्तिमा उत्तर भारत, पश्चिम उत्तर भारत, पश्चिम भारत, दक्षिण पश्चिम भारत, दक्षिण भारत, पूर्वोत्तर क्षेत्र र मध्य भारत क्षेत्र समेटिएर सदस्य मनोनित गरेको जनाइएको छ ।