१२ असार २०८३, शुक्रबार

दुर्घटना गराउने कारबारे सूचना दिनेलाई २५ हजार पुरस्कार घोषणा

कात्तिक १४, २०७९
दुर्घटना गराउने कारबारे सूचना दिनेलाई २५ हजार पुरस्कार घोषणा

आज बिहान तीनजनाको ज्यान जाने गरी भएको दुर्घटनामा संलग्न कारको पहिचान अहिलेसम्म हुन सकेको छैन । कारको पहिचान नभएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सूचना जारी गर्दै कारको खोजीमा सहयोग पु¥याउन अपिल गरेको छ । 

जिल्ला प्रहरी कार्यालयले प्रकाशित गरेको सूचनामा कारका बारेमा जानकारी दिनेलाई रु २५ हजार नगद पुरस्कारको घोषणा पनि गरिएको छ । आज बिहान पौने ६ बजे ओमसतिया गाउँपालिका–४ पननीमा तीनजनाको मृत्यु भएको थियो। ठक्कर दिने सवारीसाधन आकासे रङ्गको रहेको, अगाडि बम्परको भागमा रातो रङ्गको स्टिकरको गोलाकारभित्र ताराको चित्र रहेको, सानो सवारीसाधन भएको घटनास्थलमा फेला परेको गाडीको केही पार्टपुर्जाबाट देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । 

ठक्कर दिने कार भैरहवाबाट परासीतर्फ गइरहेको थियो । दुर्घटनापश्चात् सो कार फेरि भैरहवातर्फ नै फर्केका प्रत्यक्षदर्शीहरूले जानकारी दिए ।


 

salt training

कमेन्ट गर्नुहोस्