०७ साउन २०८३, बिहीबार

नेपालले युएईसँग एकदिवसीय सिरिज खेल्ने

कात्तिक १५, २०७९
नेपालले युएईसँग एकदिवसीय सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमवार टियु क्रिकेट मैदानमा हुने युएईसँगको सिरिजको घोषणा गरेको छ ।

नेपालले आगामी नोभेम्बरमा युएईसँग सिरिज खेल्ने भएको हो ।

क्यानले खेल तालिका समेत सार्वजनिक गरेको छ ।

पहिलो एकदिवसीय नोभेम्बर १४ मा हुनेछ ।

यस्तै दोस्रो एकदिवसीय नोभेम्बर १६ र अन्तिम तथा तेस्रो एकदिवसीय नोभेम्बर १८ मा हुनेछ ।

कमेन्ट गर्नुहोस्