१३ असार २०८३, शनिबार

आम निर्वाचन आउन अब १९ दिन बाँकी, बिहीबारदेखि प्रचारप्रसार गर्न सकिने

कात्तिक १५, २०७९
आम निर्वाचन आउन अब १९ दिन बाँकी, बिहीबारदेखि प्रचारप्रसार गर्न सकिने

सरकारले घोषणा गरेको आम निर्वाचन आउन अब १९ दिन बाँकी छ । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिर ४ गते देशभर एकसाथ हुन लागेको हो । त्यसका लागि बिहीबार अर्थात कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । 

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । उक्त दफा १३ को (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था रहेको हुँदा कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म सोबमोजिम निर्वाचन प्रचारप्रसार समेत गर्न सकिने आयोगको भनाइ छ । 

आयोगले आचारसंहिताको प्रतिकूल हुने गरी कुनै पनि गतिविधि नगर्न राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षसँग आग्रहसमेत गरेको छ । 

आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने पनि आयोगले स्पष्ट गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्