०९ असार २०८३, मंगलबार

माछापुच्छ्रेको केन्द्र जोड्ने सडक अलपत्र

कात्तिक १५, २०७९
माछापुच्छ्रेको केन्द्र जोड्ने सडक अलपत्र
प्रतिकात्मक तस्वीर

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको केन्द्र जोड्ने गरी निर्माणाधीन सडकमा लामो समयदेखि काम ठप्प छ ।

गण्डकी प्रदेश सरकारको प्रदेश राजधानीदेखि स्थानीय पालिकाको केन्द्र जोड्ने पक्की कालोपत्र सडक निर्माण योजना अन्तर्गतको सडकमा ४ वर्षअघि काम शुरू भए पनि अहिले अलपत्र परेको छ ।

डेढ वर्षअघि नै सम्पन्न हुनुपर्ने सडकको काम निर्माण कम्पनीको ढिलासुस्तीका कारण ढिलाइ भएको स्थानीयको भनाइ छ । सडकको काम लामो समयदेखि रोकिएको छ ।

सडकको नाला निर्माण भएर ‘बेस बिछ्याए’को लामो समय भए पनि कालोपत्रको काम शुरू भएको छैन ।

निर्माण कम्पनीले निर्धारित समयमा काम नगरेपछि स्थानीय आक्रोशित छन् । समयमै सडक निर्माण सम्पन्न नहुँदा हिउँदमा धुलो र बर्खायाममा हिलो सडकमा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता स्थानीयको छ । लाहाचोकका स्थानीयले सोमवार गाउँपालिका जोड्ने सडकको काम तत्कालै शुरू गर्न मागसहित गाउँपालिकामा ज्ञापनपत्र समेत बुझाए । उनीहरूले ५ दिनभित्रमा काम शुरू नभए दोस्रो चरणको आन्दोलनमा उत्रिने बताएका छन् । 

स्थानीय साजन अधिकारीले गाउँपालिका जोड्ने सडक निर्माणमा निर्माण कम्पनीले ढिलासुस्ती गर्दा जनताले दुःख पाएको बताए । उनका अनुसार अहिले सो सडकको सबै काम ठप्प छ ।

‘हामीले सडक छिटो सम्पन्न गर्न पटक–पटक आवाज उठाएका छौं तर सुनुवाइ भएको छैन,’ अधिकारीले भने, ‘गाउँपालिका आउजाउ गर्ने मुख्य सडक लामो समयदेखि अलपत्र पर्दा दुःख पाएका छौं । गाउँपालिका र प्रदेश सरकारले दबाब दिनु पर्दछ भनेर पहिलो चरणमा गाउँपालिकामा ज्ञापनपत्र बुझाएका हौं ।’

गण्डकी प्रदेश सरकारमातहतको पूर्वाधार विकास कार्यालय कास्कीबाट १० करोड रुपैयाँ लगानीमा माछापुच्छ्रेको प्रवेशद्धार मर्दीपुलबाट भिरकटेरा, बानेटाकुर हुँदै गाउँपालिकासम्मको ५ किलोमिटर कालोपत्र सडक निर्माणका लागि हिमदुङ थोकर जीएसआर जेभीसँग ठेक्का सम्झौता भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्