१४ असार २०८३, आइतबार

आचारणविपरीत कार्य गर्ने दुई जना सशस्त्र प्रहरी नायब निरीक्षक निलम्बित

कात्तिक १५, २०७९
आचारणविपरीत कार्य गर्ने दुई जना सशस्त्र प्रहरी नायब निरीक्षक निलम्बित

आचारणविपरीत काम गर्ने दुई जना सशस्त्र प्रहरी नायब निरीक्षकहरू निलम्बनमा परेका छन् । उनीहरूलाई सशस्त्र प्रहरीले निलम्बन गरी विभागीय कारबाही अगाडि बढाएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ता, सप्तरीमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक कृष्णबहादुर मगरलाई निलम्बन गरिएको हो ।

सुवेदीले यही कार्तिक ४ गते निर्वाचन सुरक्षा बेस स्थापनाको लागि सशस्त्र प्रहरी कर्मचारीहरू पुर्‍याई कार्यालय फर्कने क्रममा दिइएको जिम्मेवारी सही ढंगले निर्वाह नगरेकाले सवारी दुर्घटना भएको बताइएको छ । 

त्यस्तै, गत असोज २० गते भारतीय भूमिमा मृत अवस्थामा फेला परेका सशस्त्र प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवको घटनामा प्रारम्भिक छानबिन गर्दा विभागीय नीति तथा आदेशविपरीत कार्य गरेको देखिएकाले मगरलाई पनि निलम्बन गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्