२५ असार २०८३, बिहीबार
प्रतिनिधि सभा निर्वाचन २०७९

के–के छन् एमालेको घोषणापत्रमा उल्लेख भएका २० ग्यारेन्टी ?

कात्तिक १५, २०७९
के–के छन् एमालेको घोषणापत्रमा उल्लेख भएका २० ग्यारेन्टी ?

नेकपा एमालेले मंसिर ४ मा हुने निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलवार काठमाडौंमा आयोजित एक समारोहमा सार्वजनिक गरिएको घोषणा पत्रमा एमालेका २० ग्यारेन्टी उल्लेख गरिएको छ । 

एमालेको सरकार बनेको अबस्थामा ती २० ग्यारेन्टीलाई प्राथमिकता दिएर काम गर्ने एमालेले बताएको छ । 

समृद्धिका लागि नीतिगत र संरचनागत सुधार गर्ने, प्रतिव्यक्ति आय दोब्बर गर्ने, हिउँदमा ३० र वर्षा याममा ५० युनिट विद्युत् निःशुल्क दिनेलगायतका ग्यारेन्टी एमालेले गरेको छ । 

यी हुन् एमालेका २० ग्यारेन्टी 

१. समृद्धिका लागि नीतिगत र संरचनागत सुधार गर्ने
२. राष्ट्रहित र नागरिक हितलाई सर्वोपरि राखी राज्य सञ्चालन गर्ने
३. ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’को नीति कार्यान्वयन गर्ने 
४. स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने 
५. आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने 
६. सबैका लागि काम र नियमित कमाइको सुनिश्चितता गर्ने 
७. ‘पूर्ण साक्षर देश र उद्यमशील शिक्षित युवा’को नीति कार्यान्वयन गर्ने 
८. ‘निरोगी नेपाल, सबल नागरिक’को नीति अघि बढाउने 
९. ‘स्वच्छ पानी, सफा वातावरण’को सुनिश्चित गर्ने 
१०. ‘सबैलाई बिजुली बत्ती, विद्युतबाटै देशको उन्नति’ गर्ने 
११. ‘खेत बारीमा पानी, दोब्बर हुन्छ उब्जनी’को मान्यता अघि बढाउने
१२. सडक पूर्वाधार र सुलभ सार्वजनिक यातायातको सुनिश्चितता गर्ने
१३. ‘व्यवस्थित शहरः स्वच्छ र हरियाली बस्ती’को अवधारणा कार्यान्वयन गर्ने 
१४. ‘सरल, सहज सार्वजनिक सेवा’को प्रबन्ध गर्ने 
१५. सामाजिक सुरक्षाको दायरा र सुविधा विस्तार गर्ने 
१६. सबै नागरिकमा वित्तीय पहुँच स्थापित गर्ने 
१७. ‘स्वस्थ महिनावारी, सुरक्षित मातृत्व’को नीति कार्यान्वयन गर्ने 
१८. सस्तो, सहज र भरपर्दो सञ्चार सुविधाको प्रबन्ध गर्ने 
१९. ‘सभ्य समाजः मर्यादित नागरिक’को नीति कार्यान्वयन गर्ने 
२०. प्रतिव्यक्ति आय दोब्बर गर्ने ।

salt training

कमेन्ट गर्नुहोस्