०२ साउन २०८३, शनिबार

पार्टी घोषणापत्रप्रति भीम रावलको प्रश्न :  उपेन्द्रसँगको साँठगाँठको औचित्य एमालेको सिद्धान्तले पुष्टि गर्छ ?

कात्तिक १५, २०७९
पार्टी घोषणापत्रप्रति भीम रावलको प्रश्न :  उपेन्द्रसँगको साँठगाँठको औचित्य एमालेको सिद्धान्तले पुष्टि गर्छ ?

नेकपा एमालेका नेता भीम रावलले कमल थापा, राजेन्द्र लिङदेन, उपेन्द्र यादवलगायतसँग निर्वाचनमा गरिएको तालमेलका विषयमा प्रश्न उठाएका छन् । मंगलवार एमालेले जारी गरेको घोषणापत्रमा गठबन्धनबारे प्रश्न उठाइएकोप्रति लक्षित गर्दै एमालेको साँठगाँठको पनि औचित्य नभएको उनले बताएका हुन् । 

उनले सामाजिक सञ्जालमा सन्देश लेख्दै भनेका छन्, ‘एमालेले भरखरै जारी गरेको घोषणापत्रमा ‘नीतिविहीन, उद्देश्यविहीन र गन्तव्यविहीन गठबन्धन सत्ता स्वार्थको माध्यम मात्र हो’ भन्ने भनाइ उचित हो । तर, कमल, राजेन्द्र, उपेन्द्र, एकनाथ र हृदयशसँग भएको साँठगाँठको औचित्य एमालेको कुनै सिद्धान्त, नीति र गन्तव्यले पुष्टि गर्दैनन् ।’

पार्टीले आगामी निर्वाचनका लागि टिकट नदिएपछि रावल पार्टी नेतृत्वप्रति असन्तुष्ट छन् । तर, आफूले पार्टी नछाड्ने उनले स्पष्ट पारिसकेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्