२२ जेठ २०८३, शुक्रबार

हत्या आरोपमा १ जना पक्राउ

कात्तिक १६, २०७९
हत्या आरोपमा १ जना पक्राउ

काठमाडौं महानगरपालिका–२४ जुद्द शालिक नजिक फेला परेको शवका व्यक्तिको हत्या गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ घर भएका ६२ वर्षीय जितबहादुर लामालाई पक्राउ गरेको हो ।

अन्दाजी ४४–४५ वर्षका पुरुषको शव जुद्द शालिक नजिक फेला परेको थियो । शव फेला परेपछि प्रहरी वृत्त जनसेवाबाट प्रहरी नायब उपरीक्षक सहितको प्रहरी टोली घटनास्थलमा पुगी घटनास्थललाई सुरक्षित राखिएको र घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक सहितको अपराध अनुसन्धान अधिकृतको प्रहरी टोली खटिएको थियो ।

घटनास्थलमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक चिकित्सकलाई समेत झिकाइएको थियो । केन्द्रीय प्रहरी केनाइन कार्यालय महाराजगञ्जबाट अनुसन्धान कार्यका लागि तालिम प्राप्त कुकुर समेतको प्रयोग गरी संलग्न व्यक्तिको पहिचान तथा खोजी कार्य शुरू गरिएको थियो ।

शवको हालसम्म पहिचान खुल्न नआएको प्रहरीले जनाएको छ ।

काठमाडौं–२५ बाङ्गेमुडामा लुकिछिपी रहेको अवस्थामा फेला परेका लामामाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–१२ को ‘ज्यान सम्बन्धी कसूर’मा प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्