२८ असार २०८३, आइतबार

नमूना मतदानमा उत्साहपूर्ण सहभागिता

कात्तिक १६, २०७९
नमूना मतदानमा उत्साहपूर्ण सहभागिता

१ नम्बर प्रदेश निर्वाचन कार्यालय विराटनगरले बुधवार सञ्चालन गरेको नमूना मतदान प्रभावकारी भएको छ ।

विराटनगरको बुधहाट चोकमा सञ्चालित मतदानमा खसेको १०५ मतमध्ये १०० मत सदर भएका कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीले जानकारी दिए ।

मतदान कार्यक्रममा प्रतिनिधिसभा तर्फको प्रत्यक्ष र समानुपातिक २ मतपत्र र प्रदेशसभा तर्फको प्रत्यक्ष र समानुपातिकमा २ गरी जम्मा ४ मतपत्रमा नागरिकले मतदान गरेका छन् ।
    
स्थानीय तह निर्वाचनमा मतदाताले एउटै मतपत्रमा प्रमुख र उपप्रमुख २ स्थानमा मतदान गरेकाले नमूना मतदानमा समेत १ स्थान गर्नुपर्नेमा २ स्थानमा मतदान गरेको ५ वटा मतपत्र बदर गरेका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आयोगद्वारा मतदातालाई जागरुक गर्ने यस प्रकारको अभियानले मत बदर घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
    
कार्यालयका प्रमुख अधिकारीले निर्वाचन आयोगको मतदाता शिक्षा कार्यक्रमअन्तर्गत महत्त्वपूर्ण अभियान भएको र आगामी ३ दिनसम्म जिल्लाका अन्य १६ पालिकामा २/३ जनाको टोली बनाई मतदान कार्यक्रम सञ्चालन गरिने बताए । विराटनगर–१७ की बन्दना खड्काले नमूना मतदानमा सहभागी हुँदै ग्रामीण क्षेत्रमा बस्ने मतदातालाई मतदाता शिक्षाअन्तर्गत यस प्रकारको अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्