
बलिउड अभिनेत्री सोनाक्षी सिन्हा, हुमा कुरैशी र जहीर इकबाल स्टारर फिल्म 'डबल एक्सेल' नोभेम्बर ४ अर्थात भोलि हलमा रिलिज हुँदैछ ।
सतराम रमानी निर्देशित यस फिल्ममा भारतीय क्रिकेटर शिखर धवन पनि देखिनेछन् ।
फिल्ममा आफ्नो चरित्रलाई जीवन्त बनाउन दुवै अभिनेत्रीले तौल बढाउनुपरेको थियो ।
सोनाक्षीले आफ्नो भूमिकाका लागि १५ केजी तौल बढाएको बताएकी छन् भने हुमा कुरैशीले २० केजी तौल बढाएकी छन् ।
हालै सोनाक्षीले आफ्नो आगामी फिल्मको बारे दिएको अन्तर्वार्ताका क्रममा तौल बढाएको बारे बताएकी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।