२१ जेठ २०८३, बिहीबार

क्यान महासंघका अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा निर्वाचित

कात्तिक १७, २०७९
क्यान महासंघका अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा निर्वाचित

कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) का अध्यक्ष नवराज कुंवर एशियन-ओसियन कम्प्युटिङ ईण्डष्ट्रि अर्गनाईजेशन - असोसियोको सन् २०२३ -२४ कार्यकालको निम्ति उपाध्यक्षमा निर्वाचित भएका छन् ।

सिंगापुरमा गत हप्ता सम्पन्न असोसियोको वार्षिक साधारणसभामा भएको निर्वाचनबाट क्यान महासंघको प्रतिनिधित्व गर्दै कुंवर सो पदमा निर्वाचित भएका हुन् ।

यसअघि उनी सन् २०२२ को जनवरीदेखि क्यान महासंघबाट प्रतिनिधित्व गर्दै असोसियोको सह-उपाध्यक्षको जिम्मेवारीमा रहेका थिए । कुंवर सन् २०१९ मा क्यान महासंघको अध्यक्ष निर्वाचित भएका हुन् ।

इन्फर्मेशन सर्भिस ईण्डष्ट्रि एशोसियसन ताईवानका अध्यक्ष ब्रायन शेनको अध्यक्षतामा निर्वाचित ९ सदस्यीय समितिमा नेपाल लगायत जापान, थाइल्याण्ड, दक्षिण कोरिया, हंगकंग, भियतनाम, मलेशिया र सिंगापुरका सूचना तथा संचार प्रविधि सम्बन्धि काम गर्ने संगठित छाता संगठनका प्रतिनिधिहरू निर्वाचित भएका छन् ।

एशिया प्रशान्त क्षेत्रका विभिन्न २४ देशमा रहेका सुचना तथा संचार प्रविधि सम्बन्धि काम गर्ने संगठित छाता संगठनहरू सदस्य रहेको असोसियो सन् १९८४ मा जापानको राजधानी टोकियोमा स्थापना भएको हो । 

कुंवर उपाध्यक्षमा निर्वाचित भएकोमा क्यान महासंघले एक विज्ञप्ति जारी गर्दै सफल कार्यकालको कामना गरेको छ ।

असोसियोमा उनको प्रतिनिधित्वले बदलिंदो प्रविधि र डिजिटल अर्थतन्त्रमा सबैको पहुंच एवं सुचना तथा संचार प्रविधि मार्फत समृद्ध नेपाल बनाउने क्यान महासंघको प्रयासमा मद्दत पुग्ने विश्वास लिइएको महासंघले जनाएको छ ।   

salt training

कमेन्ट गर्नुहोस्