०७ असार २०८३, आइतबार

६२ हजारभन्दा बढीले पाए इष्टर्न हाइड्रोको आईपीओ

कात्तिक १७, २०७९
६२ हजारभन्दा बढीले पाए इष्टर्न हाइड्रोको आईपीओ

इष्टर्न हाइड्रोपावर लिमिटेडको साधारण शेयर (आईपीओ) बाँडफाँट भएको छ। 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा शेयर बाँडफाँट भएको हो।

कम्पनीले असोज २८ गतेदेखि ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । 

क्यापिटलका अनुसार सो आईपीओमा कुल १३ लाख ५८ हजार २२० आवेदकमार्फत १ करोड ४८ लाख ७४ हजार ४० कित्ता शेयरका लागि आवेदन परेको थियो। जसमध्ये १ हजार ९९६ आवेदन रद्द भएको छ भने बाँकी १३ लाख ५६ हजार २२४ आवेदन स्वीकृत भएको छ।

स्वीकृत आवेदनमध्ये कुल ६२ हजार ५१९ आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको हो।


 

salt training

कमेन्ट गर्नुहोस्