
काठमाडौंको तारकेश्वर नगरपालिकाले प्रथम त्रैमासिकमा २२ करोड १७ लाख खर्च गरेको छ ।
नगरपालिकाले चालू आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा भौतिक पूर्वाधार, तलब, भत्ता, शिक्षा, स्वास्थ्य लगायतमा खर्च गरेको हो ।
प्रशासनिक खर्च १३ करोड ६७ लाख ७६ हजार र पुँजीगत खर्च ८ करोड ४९ लाख रहेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले कागजपत्र र प्रक्रिया मिलाएर आएका कुनै पनि भुक्तानी नगरपालिकाले नरोकेकाले वित्तीय प्रगती बढेको बताए ।
‘काठमाडौं भित्रका अन्य नगरपालिकाको तुलनामा तारकेश्वरले उत्कृष्ट वित्तीय प्रगति हासिल गरेको छ,’ उनले भने ।
तारकेश्वर नगरपालिकामा चालू आर्थिक वर्षको बजेट २ अर्ब ६ करोड रुपैयाँ छ । काठमाडौंको उत्तरी क्षेत्रमा अवस्थित तारकेश्वर नगरपालिकामा ११ वडा छन् ।