२१ जेठ २०८३, बिहीबार

देशको बेथिति अन्त्य गर्ने कुनै पार्टी आए मेरो पार्टी त्यसैमा विलिन हुनसक्छ : रवि लामिछाने

कात्तिक १७, २०७९
देशको बेथिति अन्त्य गर्ने कुनै पार्टी आए मेरो पार्टी त्यसैमा विलिन हुनसक्छ : रवि लामिछाने
फाइल फोटो

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जसले देशका बेथिति अन्त्य गर्न सक्छ, उसैमा आफ्नो पार्टीलाई विलिन गरिदिन आफू तयार रहेको बताएका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनाव लक्षित गरेर बिहीवार काठमाडौंमा घोषणा पत्रको रूपमा ‘वाचा पत्र’ सार्वजनिक गर्दै लामिछानेले आगामी चुनावबाट संसदमा जान आफूहरू तम्तयार रहेको बताए ।

जनताले पिउने पानी, बत्ती, शिक्षा र उपचार जस्ता सामान्य कुरा माग गरिरहेकाले वाचा पत्रमा जनताका त्यही माग समेट्ने वाचा गरिएको उनले बताए । 

ती कुरा जनताको अधिकार भए पनि अहिले राजनीतिक दलका नेताहरूले घोषणा पत्रमार्फत ती कुरा दिने आश्वासन बाँडेको भन्दै लामिछानले अन्य दलका घोषणा पत्रमाथि प्रश्न उठाएका छन् । 

आफूले छोटो समयमा ६२ जिल्लामा पार्टी विस्तार गर्न सकेको र त्यसले आगामी चुनावमा राम्रो नतिजा ल्याउनेमा विश्वस्त रहेको लामिछानेले बताए । 

salt training

कमेन्ट गर्नुहोस्