१३ असार २०८३, शनिबार

हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा दुई भारतीयसहित तीन जना पक्राउ

कात्तिक १७, २०७९
हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा दुई भारतीयसहित तीन जना पक्राउ

हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौंबाट दुई भारतीयसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौंस्थित न्युरोड विशालबजार एरियामा केही व्यक्तिहरूले राष्ट्र बैंकले जारी गरेको निर्देशनविपरीत हुण्डी कारोबार गर्दै आएको सूचनाका आधारमा अनुसन्धान थालेको प्रहरीले उनीहरूलाई बुधवार नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा भारतीय नागरिकहरू वर्ष ५५ का किशन गोपाल, वर्ष ५० का कमलकान्त कुल्थिया र काठमाडौं नक्साल बस्ने, वर्ष ६७ का निर्मलकुमार अग्रवाल रहेका छन् । प्रहरीले उनीहरूको साथबाट ३१ लाख ८१ हजार ३८५ रुपैयाँ बरामद गरेको छ । त्यस्तै विभिन्न व्यक्ति तथा संस्थाको नाममा काटिएको चेक पनि बरामद भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उनीहरूले विशालबजारमा रहेको अनुज सेन्टर र न्युरोड खिचापोखरीमा रहेको जयदुर्गा ट्रेड इन्टरनेशनलबाट कारोबार गर्दै आएका थिए । पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धान कार्यका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्