२८ असार २०८३, आइतबार

लिखुपिकेको यातायातसम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता

कात्तिक १७, २०७९
लिखुपिकेको यातायातसम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता

नेकपा एमालेका प्रतिनिधि तथा प्रदेश सभा सदस्यका उम्मेदवारहरुले छोटो दूरी भए पनि अर्को प्रदेश घुमेर जिल्ला सदरमुकाम जानुपर्ने लिखुपिकेबासीको समस्या दीर्घकालीन समाधानका लागि आफूहरू प्रतिबद्ध रहेको बताएका छन् ।

लिखुपिके गाउँपालिकाको केन्द्र काफ्लेचौरस्थित गाउँपालिकाको समीक्षा हलमा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरक्रियालाई सम्बोधन गर्नेक्रममा एमाले केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा तर्फका उम्मेदवार मानवीर राई र प्रदेश सभा १(२) का उम्मेदवार बुद्धिकुमार राजभण्डारीले आफूहरूले निर्वाचन जितेमा १२ महिनै समस्या नआउने गरी छिटोभन्दा छिटो  दीर्घकालीन समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सल्लेरीबाट तामाखानी–जसमाने भण्ज्याङ हुँदै लिखुपिके र सल्लेरीबाट टाक्टोर–लामाजुरा –भकाञ्जे हुँदै काठमाडौंसम्म पुग्ने सडकको ट्र्याक ओपन लिखुपिकेबासीको समस्याको अस्थायी समाधान भए पनि यसको दीर्घकालीन समाधान सडकको स्तरोन्नति भएको उनीहरूको भनाइ थियो । सदरमुकामबाट लिखुपिकेसम्मको सडकको ट्याक खोल्ने कार्यमा आफूहरूको पनि योगदान रहेको बताउँदै उम्मेदवारद्वयले आफ्नै कार्यकालमा यसको स्तरोन्नति गर्ने चाहना रहेको बताए । 

सोही कार्यक्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र परित्याग गरी दर्जनभन्दा बढी कार्यकर्ता एमाले प्रवेश गरेका थिए । नवप्रवेशी पेम्बाछिरी शेर्पा, विजय घिमिरे, तिलकबहादुर श्रेष्ठ, निकुल श्रेष्ठ, मानबहादुर बस्नेत, सावित्री श्रेष्ठ र वाङछु शेर्पालगायतलाई पार्टीमा स्वागत गरिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्